यहाँहरुलाई chumlungkorea.blogsome.com तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर देउ कुमार सुब्बा , गंगा तुम्‍बाहाम्‍फे किराँत याक्‍थुङ चुम्‍लुङ द.कोरिया :: कालान्तरमा चुम्मालुङ भनिन्थ्यो र त्यही शब्द अपभ्रम्श भएर अहिले चुम्लुङ भनिएको हो। : : May : : 2009

benar chumlung

benarparewa

May 2, 2009

कालान्तरमा चुम्मालुङ भनिन्थ्यो र त्यही शब्द अपभ्रम्श भएर अहिले चुम्लुङ भनिएको हो।

अन्तरबार्ता

ताप्‍लेजुङ्‍ जिल्‍लाको खाम्‍लुङ्‍ गा.बि.स.वडा नम्‍बर ३ मा जन्‍मिनु भएका नारद साम्‍योक्‍खाम लिम्‍बु बर्तमान किराँत याक्‍थुङ्‍ चुम्‍लुङ्‍ दक्षिण कोरियाको अध्‍यक्ष हुनुहुन्‍छ।
बैदेसिक् रोजगारिको सिलसिलामा १९९१को फेब्रुअरिमा दक्षिण कोरिया आइपुग्‍नु भएका साम्‍योक्खामले बिभिन्‍न कम्‍पनिको  कामको साथमा कोरियाकै केहि स्‍थानिय संघसंस्‍था लगायत कोरियामा रहेका नेपालि संघसस्‍थाहरु किराँत धर्म तथा साहित्‍य उत्‍थान्‌संघ दक्षिण कोरियामा सस्‍थापक सदस्‍य,सन्‌ २००१ मा नेपाल सम्‍पर्क समिति दक्षिण कोरियाको सदस्‍य,२००२मा सोहि समितिको उपाध्‍यक्षमा र सन्‌ २००६ मा र २००९मा गरि २ पल्‍ट  किराँतयाक्‍थुङ चुम्‍लुङ्‌ दक्षिण कोरियाको अध्‍यक्षको पद्‌ सम्‍हालि रहनु भएको छ।
 आफु जहाँ भएपनि लिम्‍बुहरुको हक्‌ र हितको लागि सधै लागिपरिरहने छु भन्‍नुहुने सामयोक्‍खाम सँग चुम्‍लुङ कोरिया डट ब्‍लोगसोम डट कमका ब्‍लोगर गंगा तुम्बाहाङ्फेले समग्र रुपमा लिनुभएको अन्‍तर्बाताको सारसंक्षेप  प्रस्‍तुत छ।
प्रस्‍न न-,चुम्‍लुङ के हो? द.कोरियाको चुम्‍लुङको गठन्‌ कहिले र कसरि भयो? र किन यस्‍को आवस्‍यक पर्यो?
उतर-(क) लिम्‍बु भाषामा चुम्‍मा भनेको भेला हुनु वा हुने र लुङ भनेको ढुङ्‌गा हो,यिनै दुई शब्दको समिश्रणलाई चुम्‍मालुङ्‍ कालान्तरमा भनिन्‍थ्‍यो र यहि चुम्‍मालुङ सब्‍द नै अपभ्रंश भइ अहिले आएर चुम्‍लुङ भएको हो।
(ख)सन्‌ २००० मा काजिमान खापुङको सभापतित्‍वमा कोरियाको एउटा जंगलको चौरिमा लुकेर बसेर गरिएको थियो। जस्‍मा मैले सदस्‍य पद्‌ समहालेको थिए। यो नै किराँत यक्‍थुङ चुम्‍लुङ दक्षिण कोरियाको पहिलो गठन थियो।
(ग) जब बैदेशिक्‌ रोज्‌गारको लागि कोरिया भित्रिने लिम्‍बुहरुको संख्‍या बढ्‌यो,त्‍यो संख्‍यासँगै हाम्रा समस्‍याहरु पनि बढ्‌दै गए,कहि बिमार हुने, कहि दुर्घटना हुने,कोहि काम नपाएर बेरोज्‌गार हुने आदि ईत्‍यादि र त्‍यो भन्‍दा पनि फरक के भयो भने बिदेसि बिलासितामा रमेर हाम्रो लिम्‍बु भाषा,लिपी,संसक्रीती भुलिन्‍दै जान थालियो र ति सबै खाले सामास्‍याको समाधान्‌ खज्‍नको लागि र बिदेस्‌ मै बसेर भएपनि आफ्‍नो भाषा,संस्‍कृतिलाइ जति सक्‍दो बचाई राख्‍नको लागि किराँत याक्‍थुङ चुम्‍लुङ्‍ दक्षिण कोरियाको गठन्‌ गारिएको हो। पहिले सुरुका दिन्‌हरुमा किराँत याक्‍थुङ समिति
थियो पछि मेरै अध्‍यक्षतामा समितिलाइ हटाई चुम्‍लुङ्‍ बनाएको हो।
प्रस्न -अहिले सम्ममा किराँत् याक्थुङ चुम्लुङ दक्षिण कोरियाले के कस्ता उपलब्धी मुलक कार्यहरु गर्दै आएकोछ? साथै भाबी योजनाहरु 
के के छन्?

उतर -किराँत्  याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अहिले सम्म गरेका कार्यहरुको बिस्त्रित बिबरणहरु चाडै नै यही वेबसाईट मार्फत आउँदैछ। संक्षेपमा भन्नु पर्दा हाम्रो लिम्बु सँस्कृतिलाई जोगाउनको लागि बेलाबेलामा सँस्क्रिती मुलक् कार्यक्रमहरु गर्दै आएक छौं।
भेट घाट तथा कोरियामा रहेका लिम्बुहरु माझ पारिचयात्मक् कार्यक्रमहरु गर्ने गरिएको छ। भाषा तथा लिपिको लागि बेला मौकामा कोरियामा रहेका लिम्बुहरु माझ अन्तरकृया गर्ने गरिएको छ। बिभिन्न  भिसाबाट कोरिया प्रबेश गर्नु भएका लिम्बु कलाकार तथा लिम्बु विद्वानहरुलाई सम्मान स्वरुप् प्रसंशा पत्रको साथै नगद सहयोग गर्ने ,देश बिदेशमा आपत बिपत परेकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने,हम्रै नेपालको लिम्बुवान क्षेत्रका गरीब लिम्बु बिद्यार्थीहरुको लागि सानै भए पनि ठाउँ ठाउँमा आर्थिक कोश जम्मा गरिदिएका छौं। पुरना बिधालय भवनहरु मरमत माङ्हिम निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराउदै आएकाछौं कोरियामा हुने गरेका हरेक सभा, गोस्ठी,खेल्कुद कार्यक्रमहरु तथा सांस्कृतिक कार्यक्रमहरुमा चुम्लुङको तर्फबाट लिम्बुहरुको प्रतिनिधित्व गराउदै आएकाछौं । यहाँ पनि  आपत् बिपत परेकाहरुलाई सबै प्रकारको सक्दो सहयोग गर्दै गरेका छौं। आर्थिक सहयोग त सामान्य भैसकेको छ, बिमार हुने हरुलाई अस्पातलमा कुर्ने ,काम नपाएकहरुकै काम खोजिदिने प्रय सबौ काम गर्दै आएको छ चुम्लुङले। अब आउने दिन्हरुमा हाम्रो चुम्लुङ्लाई अझै ससक्त र फराकिलो बनाउदै लैजाने सोच छ साथै ई० पि० एस० प्रणालिबाट कोरियामा नयाँ आउनुहुने लिम्बुहरुलाई स्वागत कार्यक्रम गर्ने योजना बनाएकाछौं।र चाडैनै ब्यापक रुपमा एउटा सांस्कृतिक कार्यक्रम गर्न लागिरहेकाछौं।
प्रस्न-धर्म भनेको के हो?अरु धर्म अंगिकार गर्ने लिम्बुहरुलाई चुम्लुङमा कस्तो स्थान छ? साथै एउटा चुम्लुङको अध्यक्षको नाताले उनिहरुलाई के सुझाब दिनु चाहनु हुन्छ ?
(क) मेरो सोचाइमा धर्म भनेको स्वर्गलोक र मर्त्यलोकलाई जोड्ने एउटा  बाटो  हो।  अथवा  आत्मिक  जिबन  र  प्राक्रीतिक  जिबनलाई जोड्ने एउटा  माध्यम् हो। स्पस्ट के छ भने ‘मान्छे जन्मनु भन्दा पहिले गरिने भुँडी पूजामा फेदाङमाले  गर्ने मुन्धुम र मरिसके  पछी गर्ने फराक्लो’ यती कुरालाई मात्रै बुझ्दा पनि हुन्छ जस्तो लाग्छ।  हुन त जन्मी सके पछी अनी मर्नु भन्दा पहिले पनि धेरै कुरा गर्नु पर्छ धर्मको नाममा,तर तिनिहरुले चाँही मान्छेलाई अनुशासित मात्रै गराउछ जस्तो लाग्छ मलाई।
(ख) चुम्लुङ र धर्म भन्ने कुरा बिल्कुलै फरक कुरा हुन, एउटा चुम्लुङ बहु जाती, बहु धार्मिक, बहु भासी,बहु सस्कृतिक हुनसक्छ यहाँ दुई  मत होला जस्तो लाग्दैन मलाई। हाम्रै कोरियाको चूम्लुङमा पनि गैर लिम्बुहरुको सदस्यता छ। उनिहरुले लिम्बु सस्कृतिलाई मान्न पाउनु पर्छ यदी उनिहरुले चाहन्छन्  भने।
(ग) हाम्रो धर्ममा भएको कुनै कन्जोरी हरु छन भने त्यस्लाई सूधारौ, तर धर्मै छोडेर भने नजाउ। हाम्रो धर्म आफैमा राम्रो छ,हामी प्रक्रितीका पूजारी हौ। प्रकृति आँफैमा साह्रै सुन्दर हुन्छ बरु हामीले हाम्रो भाषा ,लिपी,सस्कृतिलाई प्रचार प्रसार गरेर अरुलाई आकर्शित गरौ यस्को लागि हामी सब एक भएर लागौ ।
प्रश्न - अहिले नेपालमा संघिय शासन प्रणालि सुरुहुन लागि रहेको छ। साथै लिम्बुवान बासिहरुले लिम्बुवान स्वायत्त राज्य पाउनलाई के कस्ता आधारहरु तथा मापदन्डहरु छन्? साथै बिबादित लिम्बुवान क्षेत्रफलको बारेमा के राय छ तपाईंको?
उत्तर -(क) मेरो विचारमा पहिलो आधार त इतिहाँस नै हो । स्यामोहर्, लाल्मोहर,ताम्रपत्र, इस्तिहार, कस्यरुक्का, सनद सवाल, लिम्बुहरुको घना आवादी साथै ऐतिहासिक दस्तावेज नै लिम्बुवान पाउनको लागि काफि आधार हरु हुन। दस लिम्बु सरदारहरुले  बिद्रोह गरे यता बिभिन्न लिम्बु राजाहरुको सासनकालमा लिम्बुवानको क्षेत्रफल प्रसस्तै रुपमा खुम्चने र फैलिने गरेको ऐतिहासिक तथ्यहरु पाईन्छ। तर पछील्लो समय १८३१ यता लेखिएको र भेटिएको ऐतिहाँसिक दस्तावेज् अनुसार लिम्बुवानको सिमाना अरुण पूर्व, मेची पश्चिम, उत्तर तिब्बत् र दक्षिणमा हाल नेपालको सिमालाई नै लीम्बुवान्को क्षेत्रफल मान्न सकिन्छ ।
(ख) अहिलेसम्म जातिय स्वयत्त राज्य हुनको लागि कुनै मापदन्डहरु तयार त छैनन तर मागियो भने ति कुराहरु दिन सकिन्छन।जस्तै; सृस्‍टि देखी बर्तमान मानब सभ्यता सम्म लिम्बुहरुको आफ्नै फलाक्ने परम्पराको काब्य ‘मुन्धुम’ छ, लिम्बुहरुको भौगोलिक सिमा, लिम्बुहरुको बाहुल्यता, आफ्नै भाषा, लिपी, धर्म, रितिथिती, सँस्क्रिती र जन्म देखी मृत्‍यु संस्कार सम्मका रितहरु आफ्नै भाषा र मान्यता अनुसार आफ्नै मौलिक पारामा गरिनु नै लिम्बुवान स्वायत्त राज्य संचालन गर्नलाई सहि माप्दन्डहरु हुनI
प्रस्न -प्रबासमा खोलिएको चुम्लुङ्को अध्यक्षको हैसियतले नेपालको चुम्लुङ्लाई के सुझाब दिन चाहनु हुन्छ ?
उत्तर -बिस्वमा जती चुम्लुङ खोलिए पनि लिम्बुहरुको मुख्य थलो भनेको नेपालमा रहेको किराँत याक्थुङ चुम्लुङ नै होI
त्यसैले संसार भर छरिएर रहेका सम्पूर्ण  लिम्बुहरुको प्रतिनिधित्व गर्ने  साझा संस्था हो नेपालको चुम्लुङ। अहिलेको स्थितिमा भन्नु पर्दा जातिय स्वायत्तता सहितको लिम्बुवान र लिम्बुहरुको हक र अधिकारको पुन स्थापना गराउन बिभिन्न राजनीतिक पार्टिका लिम्बुहरु, बिभिन्न संघसंस्थामा आबद्ध लिम्बुहरु, बिभिन्न क्षेत्रमा कार्यरत लिम्बुहरु लगायत देश बिदेशमा छरिएर रहेका सम्पूर्ण लिम्बुहरुलाई एकत्रित गरेर उठाउनु सकोस भन्न चाहन्छु ।
 

प्रस्न- अहिले आएर नेपालमा जातिय संस्थाहरु खोल्ने काम तिब्र रुपमा भैरहेको छ। यसरी जातिय संघसंस्थाहरु खोल्दा साम्प्रदायिक प्रतिस्पर्धा भए जस्तो लाग्दैन?
उत्तर- नुनतेल जस्तै बिदेशबाट आयत गरिएको संस्कृतिमा रम्ने कुसंस्कार बसिसकेको हामी नेपालीहरुको पारीपेक्ष्यमा भन्नु पर्दा झन्डै यस्तै नै देखिनु जान्छ । तर यस्ता खालका संस्थाहरु कुनै पनि जातिको सामुहिक बिकासको लागि खोलिएकोहुन्छ। त्यो जातिको बिकास हुनु भनेको त्यो समाजको पनि बिकास हुनु हो र त्यो देशको लागि पनि हो । हाम्रो चुम्लुङ पनि यसैको एक उदाहरण हो। यस्ले पनि हामी लिम्बुहरुको सामुहिक् चेतनाको बिकास गर्दछ । आफ्नो भाषा, लिपी,सँस्कृतिको बिकास गर्दछ।

प्रस्न -चुम्लुङ्कोरिया ब्लगसोम मार्फत संसार भर फैलिएर रहेका पाठक बर्गलाई केही भन्न चाहनुहुन्छ कि?

उत्तर -संसारभर फैलिएर रहनु भएका यस चुम्लुङ्कोरिया ब्लगसोम्का पाठकहरुमा आसेवारो । यो युगान्तकारी निर्णयको मोडमा रहेको हाम्रो मुलुकको बर्तमान अवस्थामा सबै कुरालाई थाती राखेर लिम्बुवान प्रप्तिको लागि दिलो ज्यान दिएर लागौं। बिशेष गरी नेपालमा रहेका साना ठुला बिभिन्न पार्टीमा आबद्ध लिम्बुवान बासी बुज्रुक बर्गहरुलाई आफ्नो पार्तिगत स्वार्थ भन्दा माथि उठेर लिम्बुवान स्वायत्तताको लागि एक भएर लागौं भन्न चाहन्छु।

Comments »

The URI to TrackBack this entry is: http://chumlungkorea.blogsome.com/2009/05/02/p97/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली भिडियो

    dog
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft