म्याडोनाका नाङ्गा तस्वीरको लण्डनमा प्रर्दशनी
पप स्टार म्याडोनाका नाङ्गा तस्वीरहरुको लण्डनमा प्रर्दशनी हुने भएको छ । म्याडोना २० बर्षको उमेरमा मोडलिङ्ग क्षेत्रमा स्थापीत हुनका लागि संघर्ष गरिरहेको समयमा खिचिएका तस्वीरको प्रर्दशन हुन लागेको हो ।
पपकी रानी मानिने म्याडोनाका नाङ्गा तस्वीर न्यूयोर्कका फोटोग्राफर मार्टिन एचएम शेरेइबरलाई उनले दिएकी थिइन । त्यतिबेला यी फोटोबापत उनले केवल ३० डलर पाएकी थिइन ।
म्याडोना प्रसिद्ध भएपछि शेरेइबरले सन १९७९ मा खिचिएका यी तस्वीर प्लेब्वाई म्यागजिनलाई लाखौं डलरमा विक्री गरेका थिए । प्लेव्याइले सन् १९८८ मा यी तस्वीर प्रकाशित गरेको थियो ।
टेलिग्राफ अनलाइनका अनुसार म्याडोनाका नाङ्गा तस्वीरको प्रर्दशनी लण्डनको आर्ट ग्यालरीमा शुक्रबादेखि हुने छ । श्याम श्वेत तस्वीर मंहगो मूल्यमा बिक्री हुन सक्ने अनुमान गरिएको छ । म्याडोना हाल लण्डनमा बसोबास गरिरहेकी छन् ।









महाँ गुरु फाल्गुनन्द लिङदेन