बेलायती क्लबमा अनिलको गोल
नेपाली स्ट्राइकर अनिल गुरुङले बेलायतको वकिङ क्लबमा उत्कृष्ट प्रदर्शन गरेका छन् । मंगलबार मात्रै भएको पहिलो ट्रायल म्याच खेल्ने क्रममा उनले उत्कृष्ट प्रदर्शनलाई दोहोर्याउँदै बेलायती भूमिमा महत्वपूर्ण गोल गर्दै आफनो खेल कौशल प्रस्तुत गरे ।
झण्डै दुईसाता अघि बेलायतको वकिङ क्लब पुगेका अनिलले मंगलबार मात्रै वकिङ क्लबको तर्फबाट ट्रायल म्याच खेलेका थिए । निकोलस स्कुल मेस्थामको खेलमैदानमा वकिङले मेस्थाम फुटबल क्लबविरुद्ध खेलेको थियो ।
पहिलो हाफ बेन्चमै बसेर विताएका अनिलले दोस्रो हाफमा मात्रै मैदान प्रवेशको मौका पाएका थिए । दोस्रो हाफको १३ औं मिनेटमा जुझारु प्रदर्शन गरेका अनिलले महत्वपूर्ण गोल गरेको सहारा एफसी युकेका सदस्य भुपेन्द्र गुरुङले इमेल मार्फत जानकारी दिए । बेलायती क्लबस्तरमा नेपाली खेलाडीले गरेको यो पहिलो गोल हो । वकिङ मेस्थामसित २-१ ले पराजित गरेको थियो । मेस्थामले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
पेखराको सहारा क्लबको एकेडेमीबाट पोखराको फुटबल मैदानमा उदाएका थिए । एकेडेमीबाट फुटबलमा डेब्यु गरेका अनिल जिल्ला, राष्ट्रिय लिग खेल्दै राष्ट्रिय स्ट्राइकरको रुपमा आफुलाई उभ्याएका थिए । कास्की वर्ष खेलाडी र एलजीको लोकप्रिय खेलाडीको पुरस्कार समेत पाएका अनिल बेलायतमा विभिन्न देशका खेलाडीहरुसँगै वकिङ क्लबको लागि अन्तिम छनोट हुन हरप्रयासमा जुटेको गुरुङले बताए ।
उनको खेल हेर्ने सहारा एफसीका पदाधिकारीहरु खेलमैदानमा उपस्थित भएका थिए । धेरै खेलाडीहरु भएकोले दोस्रो हाफमा मात्रै अनिलले खेल कौशल देखाउने मौका जुरेको थियो । पदाधिकारीले अनिलले गरेको गोललाई ऐतिहासिक संज्ञा दिदैं वकिङ क्लबका मेनेजर समेत प्रभावित भएको बताएका छन् । अनिलले गरेको गोलको खुशीमा उनलाई भव्य स्वागत गरिएको थियो ।









महाँ गुरु फाल्गुनन्द लिङदेन