राष्ट्रपतिको बानीले बेइज्जतीको डर
मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बिहीबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुहुँदा प्रत्यक्ष रुपमै सञ्चार माध्यमबाट त्यसको प्रसारण हेरिरहेका थुप्रैले भने- ‘हत्तेरिका, के गरेको यस्तो ? कि आफै जान्नू, नभए अरुले सिकाउनू ।’ प्रसङ्ग थियो, मुलकका नम्बर १ व्यक्तिको पाना पल्टाउने शैली । राष्ट्रपति महोदय, हातको औंला चाट्दै थुक लगाएर पाना पल्टाउँदै गरिरहनुभएको थियो । एक त यसो गर्दा उहाँलाई विभिन्न किटाणुको सङ्क्रमणका कारण रोग लाग्न सक्ने स्थिति थियो भने दोस्रो मुलुककै नम्बर १ व्यक्ति जो सर्वसाधारणका लागि अनुकरणयोग्य पनि हुनुपर्ने हो, उहाँबाट के अनुकरण गर्ने त ? पाना पल्टाउँदा औंला चाट्ने ? प्रश्न गम्भीरु रुपमा उठ्न पुगेको छ ।
‘उहाँ त मेडिकल डाक्टर, यस्तो कुरामा त ख्याल गर्नुपर्ने हो किन गर्नुभएन अचम्म लागेको छ,’ डा. रवीन्द्र समीरले भन्नुभयो, आज प्रकाशित नेपाल समाचार पत्रमा खबर छ ।









महाँ गुरु फाल्गुनन्द लिङदेन