यहाँहरुलाई chumlungkorea.blogsome.com तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर देउ कुमार सुब्बा , गंगा तुम्‍बाहाम्‍फे किराँत याक्‍थुङ चुम्‍लुङ द.कोरिया :: भन्सार सहुलियतको चामल मिलेमतोमा बिक्री : : July : : 2009

benar chumlung

benarparewa

July 10, 2009

भन्सार सहुलियतको चामल मिलेमतोमा बिक्री

Filed under: अन्‍य

विश्व खाद्य कार्यक्रमअन्तर्गत भैरहवा नाका हुँदै भित्रिने भन्सार सहुलियतको चामल मिलेमतोमा स्थानीय बजारमै बिक्री वितरण हुन थालेको छ । आयातकर्ताले भन्सारमा आवश्यक पर्ने कागजातबिनै चलाखीपूर्वक चामल झिकाइ बेच्ने गरेका हुन् । भन्सार सहुलियतमा भित्रने भएकाले चामल सस्तोमा पाइन्छ । आयातकर्ताले उक्त चामल भित्राएपछि मोटा चामल प्रतिक्वीन्टलको १ हजार ९ सय रुपैयाँमा स्थानीय व्यापारीलाई बिक्री गर्ने गरेका छन् । त्यही चामलको स्थानीय बजारमा २ हजार २ सय रुपैयाँ मूल्य पर्ने स्थानीय व्यवसायीले जनाएका छन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष मेहन्द्रकुमार श्रेष्ठले गलत कार्य रोक्न बारम्बार माग गर्दा पनि कसैले चासो नदेखाएको बताउनुभयो ।

विदेशबाट चामल आयात गर्दा नेपालको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयको गुणस्तर परीक्षण प्रमाणपत्र अनिवार्य हुनुपर्ने प्रावधान भए पनि भैरहवा भन्सार कार्यालयले उक्त प्रमाणबिना नै आयात हुन दिइरहेको छ ।

भैरहवास्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भीमप्रसाद पुलामीले चामलको गुणस्तर परीक्षणनिम्ति भैरहवा भन्सार नपठाएको बताउनुभयो । तर चामलबाहेकको बिस्कुट, चकलेट, तोरीको गेडा, क्रुड तेललगायतका खाद्य पदार्थको आयातमा भने उक्त भन्सारले गुणस्तर परीक्षण रिपोर्ट पठाउने गरेको छ, आज प्रकाशित कान्तिपुर दैनिकमा खबर छ ।

Comments »

The URI to TrackBack this entry is: http://chumlungkorea.blogsome.com/2009/07/10/p311/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली भिडियो

    dog
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft