१४ जनसेना मातृकाको माओवादीमा प्रवेश
इलामको चुलाचुलीस्थित माओवादी प्रथम डिभिजन मुख्यालयका १४ जनसेना मातृका यादवले नेतृत्व गरेको पुनर्गठित माओवादीमा प्रवेश गरेका छन् । बसाई कष्टकर भएको जनाउदै उनीहरुले क्रमश शिविर छोडेका थिए । माओवादीमा प्रवेश गर्नेमा एक जना प्लाटुन कमाण्डर, तीन जना भाइस प्लाटुन कमाण्डर, दुई जना सेक्सन कमाण्डर र बाँकी जनसेनाका सदस्य छन् । एकीकृत माओवादीले क्रान्तिकारी धार छाडेको र शिविरमा पनि चरम भेदभाव गरिएकाले विद्रोह गरी शिविर छाड्नु परेको उनीहरुले स्पष्ट पारे ।शिविर छाड्नेमा प्लाटुन कमाण्डर शिव, भाइस प्लाटुन कमाण्डर शरण, विद्रोही र सुरेश, सेक्सन कमाण्डर अशोक, राजेन्द्र र जनसेना सदस्यहरु कुन्दन, सुवास, कुमार, सन्देश, संजय, सुनिल यादव र सुनिल सरदार छन् ।
एकीकृत माओवादी छोडेपछि उनीहरु शुक्रबार झापाको दमकमा आयोजित मार्च पास कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले जनसेनाका शिविरमा रहेका अझै धेरै सदस्यहरु विद्रोह गरी बाहिरिने दाबी गरे । जनताको लागि लड्ने सेनाको अवमूल्यन र शोषण हुने गरेको आरोप लगाउँदै उनीहरुले नयाँ नेपालको निर्माण क्रान्तिकारी आन्दोलन विना असंभव रहेको बताए ।
कार्यक्रममा बोल्दै युवा जनसुरक्षा समितिको कोचिला राज्य समितिका संयोजक प्रविण मिश्रले एकीकृत माओवादीले आफ्नो सिद्धान्त नै त्यागेकाले शिविरबाट पनि विद्रोह शुरु भएको बताए ।जनसेनाको प्रथम डिभिजन मुख्यालयमा अनमिनले पहिलो चरणमा तीन हजार जनसेना दर्ता गरेको थियो । मुख्यालय मातहतमा इलामको दानावरी, मोरङको टााडी र याङशिला सहायक शिविर रहेका छन् ।









महाँ गुरु फाल्गुनन्द लिङदेन