यहाँहरुलाई chumlungkorea.blogsome.com तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर देउ कुमार सुब्बा , गंगा तुम्‍बाहाम्‍फे किराँत याक्‍थुङ चुम्‍लुङ द.कोरिया :: अष्ट्रेलियाका सर्वाधिक धनीमध्येका एकजना नेपाली : : July : : 2009

benar chumlung

benarparewa

July 14, 2009

अष्ट्रेलियाका सर्वाधिक धनीमध्येका एकजना नेपाली

Filed under: Uncategorized

विश्वकै धनी मुलुकहरु मध्येमा पर्ने अष्ट्रेलिया । त्यहाँका सर्वाधिक धनीमध्येका एकजना चाहिँ नेपाली छन् । १९ वर्षअघि पढ्नका निम्ति त्यता गएका शेष घले हालैको सर्भेमा अष्ट्रेलियन धनीहरुको सूचीमा देखिएका हुन् ।

अष्ट्रेलियाको बि आर डब्ल्यू म्यागजिनले प्रकाशित गरेको मुलुककै दुई सय जना सर्वाधिक धनीहरुको सूचीमा घले १ सय ६४ औं स्थानमा परेका छन् । उनी उक्त मुलुकको दुई सहरमा विस्तार भएको एक कलेजका साचालक हुन् भने त्यहाँका विभिन्न कम्पनीहरुमा उनको सेयर छ । म्यागजिनको पछिल्लो संस्करणले प्रस्तुत गरेको जानकारीमा उनको सम्पत्ति २० करोड ८० लाख डलर भएको उल्लेख गरेको छ ।

मेलबर्नमा बसोबास गर्दै आएका शेष त्यहाँस्थित \\\’मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी\\\’ का साचालक हुन् । त्यहाँ दुई हजार विद्यार्थी अध्ययनरत् छन् । त्यसै कलेजको सिड्नीस्थित अर्को शाखामा एक हजार विद्यार्थी पढ्छन् । विभिन्न वेब पोर्टलले दिएको जानकारी अनुसार उनको कलेजको शाखा निकट भविष्यमै अष्ट्रेलियाका अर्को महत्वपूर्ण सहरहरु पर्थ र बि्रस्बेनमा समेत खुल्ने क्रममा छ ।

उनले कलेजका निम्ति मेलबर्नमा आफ्नै घर किनेका छन् । विलियम स्ट्रीटस्थित माज्दा साइटमा रहेको उक्त भवनमा तीन हजार विद्यार्थी पढ्न सक्ने र पाँच सय विद्यार्थीका निम्ति छात्रवासको समेत सुविधा छ ।

१९ वर्षअघि एमबिए पढ्नका निम्ति अष्ट्रेलिया गएका घलेको मूलघर लमजुङ हो । उनी त्यतिबेला श्रीमति जमुना गुरुङका साथ त्यसतर्फ गएका थिए । गएको छ वर्षमै उनले मेलबर्नमा कलेज स्थापना गरिसकेका थिए ।
From-Nagariknews

Comments »

The URI to TrackBack this entry is: http://chumlungkorea.blogsome.com/2009/07/14/p314/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली भिडियो

    dog
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft