अमिता कपाली सन्यासी बनीन्
नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपाली सन्यासी (जोगिनी) बनेकी छन् । ४४ वर्षीया कपाली यसै साता भारतीय चर्चित पाइलट बाबाको भारतको नैनीतालको आश्रममा गई दीक्षा लिएर सन्यासी बनेकी हुन् । कपालीले सन्यासीका रुपमा दीक्षा लिँदा नेता भट्टराई र पूर्वमन्त्री पीएल सिंहसमेत पाइलट बाबाकै आश्रममा सँगै थिए ।
राजधानीको मध्यमवर्गीय परिवारमा सुखसयलमा हुर्किएकी र भट्टराईको संगतमा लागेपछि भौतिक विलासी जीवन बिताएकी कपालीले अरु सन्यासी जस्तै घरबारमात्र छाड्ने छैनन्, दिनहुँ साधनामा समेत लाग्नेछिन् । अरु सन्यासीले जस्तै गेरुवस्त लगाउने र साकाहारी भोजन गर्नेछिन् ।
सन्यासी बने पनि उनले विभिन्न रोगले अशक्त नेता भट्टराईको सेवा भने जारी राख्ने भएकी छन् । उनले वयोबृद्ध रोगी नेताको निस्वार्थ सेवा गरेको देखेर भट्टराई बाँचुन्जेल सेवा गर्ने जिम्मा दिएका हुन् । कपालीले भट्टराईलाई गरेको सेवा अनुकरणीय मानिन्छ, आज प्रकाशित नागरिक दैनिकमा खबर छ ।









महाँ गुरु फाल्गुनन्द लिङदेन