यहाँहरुलाई chumlungkorea.blogsome.com तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर देउ कुमार सुब्बा , गंगा तुम्‍बाहाम्‍फे किराँत याक्‍थुङ चुम्‍लुङ द.कोरिया :: गंगा तुम्बाहाङ्फे

benar chumlung

benarparewa

June 14, 2009

किराँत याक्थुम् चुम्लुङ् दक्षिण कोरियाको जरुरी सुचना!

यही मिती 2009 अगस्त 1 तारिख सनिबार कोरियाको गर्मी बिदाको अवसर पारेर किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण साथीभाइहरुलाई समुन्द्रको सयर गराउन लाने भएको छ ।
उक्त कार्यक्रममा सरिक् हुन चाहने सम्पूर्ण लिम्बु तथा गैर लिम्बु साथीहरुले छिटो भन्दा छिटो संपर्क गर्नु होला सिट् सिमित छ।
संपर्क नम्बरहरु -
01190290080- नारद साम्योखाम्,अध्यक्ष (किराँत याक्थुङ चुम्लुङ् द० कोरिया)
01049972021- याम सेर्मा,उपाध्यक्ष
01051812026- हर्क नुगो,सचिब
01031182038- प्रकाश सम्बाहाङ्फे,सह-सचिब
01087616785- दिल कुमार लक्सम,कोसाध्यक्ष

June 6, 2009

पहाडियालाई ४५ दिनभित्र मधेस छाड्न उर्दी

तर्राईमा संर्घष्ारत एक सशस्त्र समूहले त्यहाँ बसोबास गर्दै आएका पहाडे मूलका बासिन्दालाई ४५ दिनभित्र तर्राई छाड्न उर्दी जारी गरेको छ । उर्दीको बेवास्ता गरे निर्मम कारबाही गर्ने चेतावनी दिइएको छ । (more…)

June 3, 2009

हाक्पारे साम्लो

सामान्य जानकारी
किरात लिम्बूहरूले गाउने गीतहरू मध्ये हाक्पारे साम्लो पनि एउटा हो । यो अति नै लोकप्रिय पनि छ । यो गीत दोहोरी, सामुहिक या एकल पनि गाउन सकिन्छ । यो गीत सुखात्मक र दुःखात्मक अनुभूतिले सुरिलो भाका र लयात्मक स्वरले गाइएको हुनाले यसको थालनी गर्दा गाउने अनुमति श्रोताहरूबाट लिई र अन्त्यमा गीतमा नै विदा माग्ने गर्छन । (more…)

May 25, 2009

किन आत्महत्या रोजे पूर्वराष्ट्रपतिले

आइतबार हजारौँ गाउँले पूर्वराष्ट्रपति रो मु-ह्युनलाई अन्तिम श्रद्धाञ्जली दिन भेला भए । आफ्नै घरनजिकको पहाडबाट हामफालेर पूर्वराष्ट्रपतिले शनिबार आत्महत्या गरेका थिए । (more…)

May 24, 2009

सहयोगार्थ १०८२०००।

किरांत् याक्थुङ चुम्लुङ दक्षिण कोरियाले हालै मात्र ताप्लेजुङ् जिल्लाको हाम्पाङ गा० बि० स० वडा नम्बर ७ का हाल कोरिया बस्दै आउनु भएका श्री तेज यक्सो लिम्बुको सहयोगार्थ १०८२०००।-(दस लाख बयासी हज्जार )कोरियान वोन संकलन् गरी उपलब्ध गराएको छ। उहाँ लामो समय देखी स्वास्थ्यको प्रतिकुल असरको कारण कोरियाकै बिभिन्न अस्पताल् र सेल्टरहरुमा बस्दै आउनु भएको छ र उक्त रकम उहालाइ औषधी ऊपचार् र घर फर्कनको लागि उपलब्ध गराइेको थाहा भएको छ।
उक्त रकम आज २००९ मे २४ तरिखका दिन किरांत् याक्थुङ चुम्लुङ दक्षिण कोरियाका उपाध्यक्ष याम सेर्मा, सचिब हर्क नुगो र कोसाध्यक्ष दिल कुमार लिम्बुले उहालाई आन्यंमा एक कार्यक्रम माझ हस्तान्तरण गर्नु भएको थियो।

May 22, 2009

भाषिक अधिकारका लागि ओस्पारी

किरात समुदायमा प्रचलित झन्डै दुइ दर्जन भाषाभाषीमध्ये एक चाम्लिङ भाषाको आधुनिक तथा लोकलयमा आधारित गीति एल्बम बजारमा ल्याइएको छ। (more…)

प्रधानमन्त्री पुष्प कमल दाहालको अंतिम संबोधन

सभामुख महोदय
नेपाली राजनीतिको अत्यन्त तरल सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरुका अगाडि उभीएर केही कुरा राख्दैछु। (more…)

May 21, 2009

अर्थमन्त्री भट्टराईलाई डेरा पाउन सकस

काठमाडौँका घरबेटीले डा. बाबुराम भट्टराईलाई रुचाएका रहेनछन् । यो कुरा उनलाई तब मात्र थाहा भयो, जब सरकारी निवास छाड्नुपर्ने स्थिति आयो । माओवादीका वरिष्ठ नेता तथा कामचलाउ सरकारका अर्थमत्री डा. भट्टराईका लागि डेरा खोज्दा उनका सहयोगी जेठको धूपमा पाँच दिनसम्म पसिना बगाउनु परेको बिहीबारको अन्नपूर्ण पोष्टले लेखेको छ । (more…)

सबै गोरखाहरुलाई बेलायतको आवासीय भिसा दिने घोषणा गर्ने सम्भावना

बेलायत सरकारले पूर्व गोरखा सैनिकहरुलाई कमनवेल्थ मुलुकका सैनिकसरह सुविधा दिने भएको छ । बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउनले आज बेलायतमा यस सम्बन्धी सुविधाको घोषणा गर्नुभएको छ । (more…)

माओवादी संकल्प प्रस्ताव २२ दलद्वारा अस्वीकार

एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपतिले प्रधानसेनापति प्रकरणमा चालेको कदमका विरुद्ध संसद्मा संकल्प प्रस्ताव लैजाने तयारी गरेको छ भने संविधानसभाका २२ दलको मंगलबार बसेको बैठकले सो प्रस्तावको औचित्य नभएको भन्दै प्रस्तावको विपक्षमा जाने निर्णयगरेको छ। (more…)

  • नेपाली भिडियो

    dog
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft